Aamsanchar

तेघरीबाट एक जना लागुऔषधसहित प*क्राउ

Author Image
बुधवार, असार १२, २०८१

धनगढी – नेपाल प्रहरीले कैलालीबाट एक जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले गएराति जिल्लाको गोदावरी नगरपालिका २ तेघरीबाट एक जनालाई लागुऔषधसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कविन्द्र बोहराका अनुसार पक्राउ पर्नेमा गोदावरी नगरपालिका २ तेघरी बस्ने २४ वर्षीय अमित सोव रहेका छन् ।

उनलाई चेकजाँच गर्दा निजको साथबाट लागुऔषध (खैरो हेरोइन) जस्तो देखिने धुलो पदार्थ शुद्ध तौल १ ग्राम १६० मिलिग्राम फेला परेपछि बरामद गरिएको हो । सोवलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय मालाखेतीको हिरासत कक्षमा राखी थप अनुसन्धानको कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 53

प्रतिक्रिया (०)

सम्बन्धित खबर