Aamsanchar

चट्याङ लागेर २२ वर्षीय र १८ वर्षीय युवकको मृ*त्यु

Author Image
बुधवार, असार १२, २०८१

कपिलवस्तु – हावाहुरी र वर्षासँगै परेको चट्याङ कारण दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार यशोधरा गाउँपालिका वडा नं.६ भैसहियाका २२ वर्षीय महेश कलवार र बुद्धभूमि नगरपालिका वडा नं.१० प्रेमनगरका १८ वर्षीय राजु ठाकुरको मृत्यु भएको हो ।

 

पानी परेको समयमा घर नजिककैको खेतमा गएका बेला महेश कलवारको चट्याङ्ग परेर घटना स्थलमै मृत्यु भएको थियो । यसैगरी राजु ठाकुरको पनि घर बाहिर खेततर्फ जाँदै गर्दा बाटोमै चट्याङ्ग परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतक दुवैजनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 81

प्रतिक्रिया (०)

सम्बन्धित खबर