Aamsanchar

चितवनमा प्रधानमन्त्रीको उपस्थितिमा असार १५ गते रोपाइँ महोत्सव

Author Image
बिहिवार, असार १३, २०८१

काठमाडौँ – सरकारले २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव,२०८१ मनाउने भएको छ।

बिहीवार २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव,२०८१ मूल समारोह समितिले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै असार १५ गते राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने बताएको हो। समितिका संयोजक तथा कृषि विभागका महानिर्देशक नरहरिप्रसाद घिमिरेले धानको उत्पादन वृद्धि, आधुनिकरण र व्यवसायीकरणलाई प्रवर्धन गर्ने गरी २०६१ सालदेखि नियमित रूपमा प्रत्येक वर्ष असार १५ गते विगतको जस्तै गरी राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने तयारी भएको बताए।

उनले यो वर्ष जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि भन्ने नाराका सहित विभिन्न कार्यक्रम गरी धान दिवस मनाइने बताए। उनले जलवायु परिवर्तनका कारण धानखेतीमा बढ्दो नकारात्मक असर घटाउन जलवायु अनुकूलित प्रविधिहरूको अनुसन्धान र विकास एवं उपलब्ध प्रविधिको प्रचार गरी ती अवलम्बन गर्न कृषकलाई सचेत गराई धान उत्पादन र उत्पादकत्व बढाउनुपर्ने यो वर्षको सन्देश रहेको बताए।

उनले २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव,२०८१ अवसरमा असार १५ गते चितवनको बछौलीमा प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने योजना रहेको बताए।

उनले २०८१ असार १२ गतेसम्म देशभर ८.७५ प्रतिशत रोपाइँ भएको बताए। उनले कोशी प्रदेशमा ६.५, मधेश प्रदेशमा २.९, वागमती प्रदेशमा ५.०, गण्डकी प्रदेशमा ६.९, लुम्बिनी प्रदेशमा १०।९, कर्णाली प्रदेशमा २२.६ र सुदूरपश्चिम प्रदेशमा २२ प्रतिशत खेतमा धान रोपाइँ भएको बताए।

उनले अहिलेसम्म कुल धान रोपाइँ हुने क्षेत्रफल १३ लाख ९८ हजार ८३६ मध्ये १ लाख ३६ हजार ४११ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको जानकारी दिए।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 82

प्रतिक्रिया (०)

सम्बन्धित खबर