Aamsanchar

घरमा सुतिरहेका बेला सर्पले डस्दा महिलाको मृ*त्यु

Author Image
बिहिवार, असार १३, २०८१

विराटनगर – मोरङको रंगेली नगरपालिका–८ खयरबारीमा विषालु सर्पले डसेर महिलाको मृत्यु भएको छ। प्रहरीका अनुसार रंगेली–८ की ५७ वर्षीया कलादेवी ऋषिदेवको मृत्यु भएको हो।

 

आफ्नै घरमा सुतिरहेका बेला ऋषिदेवलाई बुधबार राति १२ बजेतिर सर्पले डसेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए।

उनका अनुसार कुन प्रजातिको सर्पले टोकेको हो भन्ने यकिन भएको छैन। सर्पले डस्नसाथ परिवारका सदस्यले ऋषिदेवलाई उपचारका लागि भारततर्फ लगेका थिए। उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यसपछि शवलाई फर्काएर घरमै ल्याइएको थियो। प्रहरीले घटनाका बारेमा बिहीबार बिहान साढे ६ बजेतिर जानकारी पाएको थियो। घटनाको अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 14

प्रतिक्रिया (०)

सम्बन्धित खबर