Aamsanchar

आज रिजिल भएको ‘ज्यानमाया’ ले नेपालमा दुईवटा रेकड राखेको दावी 

Author Image
शुक्रवार, असार १४, २०८१

बिर्तामोड । नेपाली म्युजिक भिडियोको क्षेत्रमा फरक प्रस्तुतिका साथ नयाँ भिडियो ‘ज्यानमाया’ आज रिलिज भएको छ ।
तीन घण्टा अघि आरटी इन्टरटेनमेन्ट युवटुव च्यानल मार्फत रिजिल गरिएको भिडियोलाई १४ हजार भन्दा धेरै दर्शकले हेरिसकेका छन् ।

भिडियोलाई समय साक्षेप दर्शकमाझ प्रस्तुत गर्न निर्माण पक्षले भिडियो निर्माणमा ठुलै लगानी गरेको छ । निर्माण पक्षको भनाई अनुसार नेपालमै सबैभन्दा धेरै लगानीमा तयार भएको भिडियो ज्यानमाया रहेको छ । ज्यानमायामा नेपाली १६ लाख रुपैयाँ लगानी भएको कलाकार याम खरेलले जानकारी दिए ।

म्युजिक भिडियो बलिउडमा निर्माण भएका चर्चित कलाकारका अभिनय, नृत्य भन्दा कम छैन ‘ज्यानमाया’ मा काम गरेका कलाकारको प्रस्तुती । म्युजिक भिडियोमा नेपाली चर्चित कलाकारहरू प्रियङ्का कार्की, कविता नेपाली, सरोज ओली, यम खरेलको मुख्य भूमिका रहेको छ । त्यसैगरी दीप श्रेष्ठ, सुरेन्द्र खड्का, कृष्ण मङ्गल श्रेष्ठ, राजु सिंह, राम तिम्सिना, दीपक गहतराज लगायत १ सय ५० जना कलाकारको अभिनय रहेको छ । निर्माण पक्षको दावी अनुसार नेपालमा सबै भन्दा धेरै कलाकारले काम गरेको म्युजिक भिडियो ज्यानमारा बनेको छ ।

गम्भिर विष्टको निर्देशनमा बनेको म्युजिक भिडियोमा कोरियाग्राफी राजिवकुमार कर्ण, छायांकन पवन सुस्लिमले गरेका छन् ।  ज्यानमायामा नवराज ढुंगानाको शब्द,  स्मिता दाहालको स्वर र दीपक शर्माको संगीत रहेको छ ।

झापा धुलावारीका सरोज ओलीले निर्माण गरेको यो म्युजिक भिडियो पनि युटुव ट्रेन्डिङमा पुग्ने देखिएको छ । उनले निर्माण गरेका प्राय सबै भिडियोहरू चर्चाको चुचुरोमा पुगेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 115

प्रतिक्रिया (०)

सम्बन्धित खबर