Aamsanchar

गाईघाट-दिक्तेल सडक अवरुद्ध

Author Image
आइतवार, असार १६, २०८१

उदयपुर- त्रियुगा नगरपालिका-१४ स्थित साउनेको हाडेथुम्कास्थित गाईघाट-दिक्तेल सडक गएराति खसेको पहिरोले आज बिहानदेखि अवरुद्ध भएको छ । त्रियुगा-१४ का वडा अध्यक्ष हेमराज मगरका अनुसार साउनेको गाईघाट-दिक्तेल सडकअन्तर्गत हाडेथुम्काको डाँडाबाट पहिरो खसेका कारण सडक पुरिएको हो ।

सडक अवरुद्ध हुँदा सदरमुकाम गाईघाट भएर खोटाङको दिक्तेललगायत पहाडी क्षेत्रतर्फ हिँडेका सवारी साधन रोकिएका छन् । यस्तै, खोटाङबाट उदयपुरको गाईघाट हुँदै विराटनगर, धरान, इलाम धनकुटा हिँडेका सवारी साधन पनि बिहानदेखि सडक अवरुद्ध भएपछि रोकिएका छन् । उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले अहिले अवरुद्ध सडक खुलाउनका लागि गाईघाट-दिक्तेल सडक कार्यालय र त्रियुगा नगरपालिकासँग समन्वय गर्ने कार्य भइरहेको बताउनुभयो ।

नगरप्रमुख वसन्त बस्नेतका अनुसार पहिरो खसेको खबर पाउनेबित्तिकै नगरपालिकाका प्राविधिक र डोजर अवरुद्ध सडक खुलाउन त्यसतर्फ परिचालन गरिसकिएको छ । आज बिहान ४ बजेतिर पहिरो खसेर सडक अवरुद्ध भएको स्थानीय ज्ञानेन्द्र मगरले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 54

प्रतिक्रिया (०)

सम्बन्धित खबर