Aamsanchar

खोल्सीको दहमा डुवेर १९ वर्षिया किशोरीको मृ*त्यु

Author Image
बुधवार, असार १९, २०८१

बर्दीबास-बर्दीबास –८ हात्तीलेटस्थित खोल्सीको दहमा डुवेर एक किशोरीको मृत्यु भएको छ । गाउँको उत्तरमा पर्ने माई खोल्सीमा नुहाउन गएका बेला सोही वडाको पासवान टोलकी १९ वर्षिया जानकीकुमारी पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खोल्सीको पानीमा अचेत अवस्थामा फेला परेकी जानकीको बर्दीबास असपतालमा उपचारको क्रममा मंगंलवार राति ९ बजेतिर मृत्यु भएको बर्दीबास इलाका प्रहरी कार्यालयका डिएसपी रेवतीरमण पोखरेलले बताउनुभयो ।

घरबाट सोही दिन दिउँसोतिर एक्लै नुहाउन गएकी जानकी साँझ अवेरसम्म पनि नफर्केपछि खोजतलास गर्दा बेहोस अवस्थामा फेला परेको गाउँलेले जनाएका छन् । मृत्युको स्पष्ट कारण खुल्न नसकेको प्रहरीको भनाइ छ ।

वडाध्यक्ष शमशेर सिंहले जानकी पहिलेदेखि नै छारे रोगको विरामी भएकाले एक्लो अवस्थामा नुहाउन लाग्दा सोही रोगले च्यापेर मृत्यु भएको हुन सक्ने बताउनुभयो । प्रहरीले घट्नाको अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 20

प्रतिक्रिया (०)

सम्बन्धित खबर