Aamsanchar

धनकुटाको महालक्ष्मीमा आगलागी, तीन घर जलेर नष्ट

Author Image
शनिवार, असार २२, २०८१

हिले- धनकुटाको महालक्ष्मीमा गए राति भएको आगलागीमा परि ३ घर जलेर नष्ट भएको छ । महालक्ष्मी नगरपालिका वडा नं. ५ स्थित राम बजारमा बिहान १ बजेतिर आगलागी सुरु भएको थियो ।

स्थानीय मोहन भण्डारीको दुई तले घरबाट सुरु भएको आगो छिमेकीहरू तेज बहादुर भुजेल र बद्री बर्देवाको घरमा समेत फैलिएको थियो । आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी रहेको छ। घटनाको कारण भने अझै खुल्न सकेको छैन । घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजबाबु महर्जनले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 46

प्रतिक्रिया (०)

सम्बन्धित खबर