Aamsanchar

अरुण तेस्रोको अस्थायी बाँध माथिबाट पानी बग्न थाल्यो

Author Image
शनिवार, असार २२, २०८१

सङ्खुवासभा- अरुण तेस्रो जलविद्युत आयोजनाको बाँध निर्माण स्थलको अस्थायी बाँध माथिबाट पानी बग्न थालेको छ । जलविद्युत आयोजनाको डाईभर्सन टनेलबाट पनि पानी पूर्णरुपमा बग्न थालेको छ ।

शनिबार बिहान अरुण नदिमा आएको बाढीका कारण टनेल भित्र ढुङ्गा तथा मुडा जम्मा भएपछि पानी बग्न अवरोध भएको थियो । त्यसपछि पानी टनेलतर्फ पठाउन बनाइएको बाँध भरिएको थियो । अहिले टनेल र बाँधमाथि गरी दुवैबाट पानी बग्न थालेको बताइएको छ ।

अरुण नदिमा माथिल्लो क्षेत्रबाट नै ठुलो बाढी आएको मकालु गाउँपालिकाका अध्यक्ष ओङ्दी छिरिङ शेर्पाले जानकारी दिनुभयो । अरुण नदिको बहाब भोटखोला क्षेत्रमा नै ठुलो रहेको खबर प्राप्त भएको उहाँले जानकारी दिनुभयो । शनिबार बिहान करिव ७ बजेदेखि पानीको बहाब बढ्दो रहेको अध्यक्ष शेर्पाले बताउनुभयो ।

अहिले डाईभर्सन टनेलबाट पूर्ण क्षमतामा पानी बगेको भए पनि त्यहाँबाट नअटेर बाँध माथिबाट बगिरहेको उहाँ बताउनुहुन्छ ।

अरुण नदिमा पानीको बहाब बढेपछि तल्लो तटीय क्षेत्रमा जोखिम बढेको छ । चिचिला गाउँपालिकाको सन्तले, पुखुवा, खाँदबारी नगरपालिकाको तुम्लिङटार लगायतको क्षेत्र उच्च जोखिममा रहेको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 50

प्रतिक्रिया (०)

सम्बन्धित खबर