Aamsanchar

मेघालयमा ईलामका एकसहित चारजनाको श*व क्षतविक्षत अवस्थामा फेला

Author Image
आइतवार, असार २३, २०८१

शिलोङ –भारतको मेघालयमा एक नेपालीसहित चारजनाको शव क्षतविक्षत अवस्थामा फेला परेको छ । अमप्लेङ गाउँको पूर्वी जैन्तिया हिल्समा शनिबार शव फेला परेको जनाइएको छ ।

प्रहरीका सुपरिटेन्डेन्ट गिरी प्रसादले स्थानीय मिडियासँग कुरा गर्दै घटनाको गम्भीरतालाई लिएर स्पेसल इन्भेस्टीगेसन टिम (एसआईटी) गठन गरिएको जनाएका छन् ।

मृतकमध्ये एकजना नेपालका २३ वर्षीय रवि राई भएको जनाइएको छ । उनी इलामको पास्थाका भएको समाचारमा जनाइएको छ । अन्य मृतकको भने पहिचान खुलेको छैन ।

सबै शवलाई खलियारियातस्थित सिभिल अस्पतालमा लगिएको जनाइएको छ । सोही अस्पतालमा पोस्टमार्टमको काम हुने नर्थ इस्ट न्यूजले जनाएको छ । ती शव शनिबार बिहान स्थानीय कामदारले देखेका थिए । उनीहरूलाई हात बाँधिएको र चोट लागेको अवस्थामा भेटिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 55

प्रतिक्रिया (०)

सम्बन्धित खबर