Aamsanchar

प्रवासी भुजेल समाज युएईको छैटौं अधिवेशन सम्पन्न

Author Image
आइतवार, असार २३, २०८१

युएई ।  प्रवासी भुजेल समाज सेवा समिती युएईको छैटौ अधिवेशन तुल बहादुर घर्ती लाई सर्वसम्मत निर्वाचित गर्दै सम्पन्न भयो । वर दुबई स्थित नेपाली ट्राभल्सको सभा कक्षमा सम्पन्न अधिवेशन्ले सन २०२४/०२६ कार्यकालको लागि १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

संस्थापक अध्यक्ष एवं वरिष्ठ सल्लाहकार सुर्य बहादुर खवासको संयोजकत्वमा गठित ५ सदस्यीय निर्वाचन समितिले घर्तिलाई पुनः २ वर्षे कार्यकालकोलागी सर्वसम्मत चयन गरेको हो । उक्त कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा मीन बहादुर भुजेल (स्याङ्जा), उपाध्यक्ष द्वयमा महिला तर्फ सुनिता घर्ती (रुपन्देही) र देव बहादुर घर्ती (लमजुङ), महासचिवमा हरि खवास (झापा), सचिवमा विनोद भुजेल (मोरङ), कोषाध्यक्षमा संजय भुजेल (चितवन), सहकोषाध्यक्षमा वसन्ती जिएम (स्याङ्जा) चयन हुनु भएको छ । यसैगरी सदस्यहरुमा क्रमशः प्रीतम भुजेल (झापा), खडक भुजेल (स्याङ्जा), अरुणा भुजेल (चितवन), गिता भुजेल (सुनसरी), खड्ग बहादुर भुजेल (चितवन), ओम जिसि (चितवन) र अनिल घर्ती (तनहुँ) रहनु भएको छ ।

समाजका अध्यक्ष तुलबहादुर घर्तीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष एवं वरिष्ठ सल्लाहकार सुर्य बहादुर खवास, संस्थापक उपाध्यक्ष एवं सल्लाहकार यम बहादुर घर्ती, सल्लाहकारहरु प्रेम घर्ती र दिलिप जिटि तथा पुर्व अध्यक्ष सुर्य बहादुर भुजेलले आफ्नो मन्तव्य एवं शुभकामना व्यक्त गर्नु भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
6
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
Views: 86

प्रतिक्रिया (०)

सम्बन्धित खबर