Aamsanchar

शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा दुई जना पक्रा*उ

Author Image
सोमवार, असार २४, २०८१

पर्वत – अपहरण वा शरीर बन्धक तथा जबरजस्ती करणी सम्बन्धी मुद्दामा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ गाउँपालिका–१०  स्थायी घर भई हाल कास्कीको पोखरा महानगरपालिका–११ रानीपौवामा बस्दै आएका २१ वर्षीय अरुण कुमार दास र भारतको बिहार प्रदेशको सितामणि जिल्लास्थित डुमरा थाना सुरसड पक्ष्मी–१ सुरसड गाउँ घर भई हाल रानीपौवामा नै बस्दै आएका १९ वर्षीय सुनिल दास भन्ने सुनिल कुमार रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्त कुमार शर्माका अनुसार उनीहरूले गत असार १७ गते तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पुबाट नाबालिकालाई ललाई फकाई तथा डर त्रास देखाई पोखरा ल्याएका थिए। उनीहरूले ती बालिकालाई ग८प ४२८० नम्बरको मोटरसाइकलको बिचमा राखी भाग्न नदिई पोखरा महानगरपालिका–११ रानीपौवामा रहेको डेरामा ल्याएर बन्धक बनाए।

सोही राति सामूहिक रूपमा जबरजस्ती करणी गरी बिहान साढे तीन बजेको समयमा पोखराबाट तनहुँ फर्किँदै गरेका थिए। पोखरा महानगरपालिका–३० पावर हाउसस्थित पृथ्वी राजमार्ग सडक खण्डमा प्रहरीले ‘चेकिङ’ गरिरहेको देखेपछि दास र कुमार भाग्न खोज्दा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

घटनाका विषयमा थप अनुसन्धान गर्न कास्की प्रहरीले कास्की जिल्ला अदालतबाट अपहरण वा शरीर बन्धक तथा जबरजस्ती करणी सम्बन्धी मुद्दामा गत असार १८ गतेबाट लागू हुने गरी पहिलोपटक आठ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 107

प्रतिक्रिया (०)

सम्बन्धित खबर