Aamsanchar

झापा राजगढमा पैनीमा डुबेको अवस्थामा एक पुरुषको शव फेला 

Author Image
सोमवार, असार २४, २०८१

बिर्तामोड ।  झापाको बाह्रदशी गाउपालिका वडा नम्बर २ राजगढमा  एक व्यक्ति मृत फेला परेका छन् ।
हाल नामथर वतन नखुलेको तराई मुलुकको जस्तो देखिने वर्ष अन्दाजी ५०–५२ को पुरुष मानिस पैनीमा डुबेर मृत्यु भएको अवस्थामा आज फेला परेको हो ।
प्रहरीले मृत शरीरलाई पैनीबाट बाहिर निकालेको छ । लासको अवस्था हेर्दा बाहिरी चोट पटक नरहेको र घटनाको बारेमा  थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 53

प्रतिक्रिया (०)

सम्बन्धित खबर