Aamsanchar

सुन मूल्य

Author Image
मङ्गलवार, असार २५, २०८१

काठमाडौँ-स्थानीय बजारमा सुन मूल्य प्रतितोला नौ सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला एक लाख ४५ हजारमा कारोबार भएको छापावाला सुन मङ्गलबार भने एक लाख ४४ हजार एक सय निर्धारण भएको छ ।

यस्तै, सोमबार प्रतितोला एक लाख ४४ हजार तीन सयमा कारोबार भएको तेजाबी सुन आजका लागि भने एक लाख ४३ हजार चार सय निर्धारण भएको छ । चाँदीको मूल्य भने तोलामा पाँचले घटेको छ । सोमबार प्रतितोला एक हजार आठ सय ९० मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार आठ सय ८५ निर्धारण भएको छ ।

Views: 56

प्रतिक्रिया (०)

सम्बन्धित खबर
बढ्यो अमलाको भाउ
बिहिवार, कार्तिक २८, २०८२
सुनको भाउ फेरि साढे २ लाख नाघ्यो
बिहिवार, कार्तिक २८, २०८२
सुनको मूल्य घट्यो
बुधवार, कार्तिक २७, २०८२