Aamsanchar

बाँकेमा बाल सुधारगृहभित्र बालबन्दीबीच झडप

Author Image
मङ्गलवार, असार २५, २०८१

काठमाडौं – बाँकेको डुडुवा गाउँपालिका–६ स्थित बाल सुधारगृहभित्र बालबन्दीबीच झडप भएको छ । सोमबार (हिजो) साँझ करिब ८ बजे खाना खाने बेला उनीहरूबीच दोहोरो झडप भएको हो । झडपपछि सुधारगृहबाट १५/१६ बालबन्दी भागेका थिए ।

उनीहरूमध्ये अधिकांशलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुईजना भने अझै फरार रहेका लुम्बिनी प्रदेश प्रहरी प्रमुख (डीआईजी) कुबेर कडायतले  जानकारी दिए । खाना खाने विषयमा उनीहरूबीच झडप भएको डीआईजी कडायतको भनाइ छ ।उक्त बालसुधार गृहभित्र हाल २७२ बालबन्दी राखिएका छन् । उनीहरू सबै १८ वर्षमुनिका छन् ।

बालसुधार गृहको सुरक्षाका निम्ति खटिएका प्रहरी त्यहाँभित्र प्रवेश गर्न पाउँदैनन् । सुधारगृहबाहिर समेत हतियारबिना सुरक्षामा खटिनुपर्ने भएकाले बालबन्दी भाग्न सफल भएका प्रहरीले जनाएको छ ।

झडपमा संलग्न आठजनालाई जिल्ला प्रहरी कार्यालय बाँकेको थुनामा राखिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 30

प्रतिक्रिया (०)

सम्बन्धित खबर