Aamsanchar

२२ चेपाङ परिवारको नयाँ घर निर्माण

Author Image
बुधवार, असार २६, २०८१

चितवन – चेपाङ आवास कार्यक्रमअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकामा २२ वटा घर निर्माण भएका छन् । सङ्घीय सरकारको एक करोड ५० लाख रुपैयाँ सशर्त अनुदानबाट विपन्न समुदायका घर निर्माण भएका हुन् ।

हिजो गाउँपालिकाको वडा नम्बर ७ मा आयोजित कार्याक्रममार्फत गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले सबै वडामा निर्माण भएका घरको साँचो हस्तान्तरण गर्नुभयो । उहाँले गाउँपालिकाका सात वटा वडामा आर्थिक अवस्था कमजोर भएका चेपाङ परिवार छनोट गरेर घर निर्माण गरिएको बताउनुभयो ।

अध्यक्ष गुरुङले निर्माण सम्झौताअघि घर र उनीहरूको अवस्थाबारे स्थलगत अनुगमनसमेत गरिएको बताउनुभयो । यस्तै गाउँपालिका उपाध्यक्ष माया सिलवालले नयाँ घरको बारेमा धेरैको इच्छा भए पनि बिहान–बेलुकाको छाक जुटाउन समस्या हुनेको पहिचान गरेर घर निर्माण गरिएको बताउनुभयो ।

गाउँपालिकाले आउँदो आर्थिक वर्षमा पनि चेपाङ आवास कार्यक्रमलाई निरन्तरता दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 39

प्रतिक्रिया (०)

सम्बन्धित खबर