Aamsanchar

मिटरब्याज पीडितहरूको उजुरी सङ्कलनका लागि १० दिन म्याद थपियो

Author Image
बुधवार, असार २६, २०८१

काठमाण्डौ – मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगले पीडितहरूबाट उजुरी सङ्कलन गर्ने म्याद १० दिनका लागि थप गरेको छ । आयोगले आज सार्वजनिक सूचना निकालेर १० दिनभित्र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा निवेदन फारम दर्ता गर्न भनेको हो ।

पीडितले भर्नुपर्ने पाँच पृष्ठको निवेदन गृह मन्त्रालयको वेबसाइट www.moha.gov.np मा राखिएको छ । पीडितले त्यसलाई प्रिन्ट गरेर फारममा उल्लेख भएका विवरणहरू भरेर अबको १० दिनभित्र जिल्ला प्रशासन कार्यालयमा बुझाउनुपर्नेछ । आयोगले पीडितलाई भएसम्मका ऋणरकर्जा वा अनुचित लेनदेन कारोबारसम्बन्धी लिखत, भरपाई, टिपोट, शर्तनामा वा सम्झौतालगायत लिखतहरूको प्रतिलिपि वा फोटोकपीसमेत राखेर निवेदनको माग गरेको छ ।

सरकारले मिटरब्याज पीडितहरूको समस्या समाधान गर्नका लागि २०७९ सालमा जाँचबुझ आयोग गठन गरेको थियो । आयोग गठन भइसकेपछि प्राप्त उजुरी र आयोग गठन हुनुभन्दा अगाडि उजुरी निवेदनहरू उपर गृह मन्त्रालयको स्वीकृत कार्यविधि र वर्तमान कानुनी व्यवस्थाअनुसार कारबाही शुरु गर्ने आयोगले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 26

प्रतिक्रिया (०)

सम्बन्धित खबर