Aamsanchar

भोजपुरमा मध्यपहाडी लोकमार्गअन्तर्गत मेस्पाङमा ६० मिटर सडक भासियाे

Author Image
बुधवार, असार २६, २०८१

भोजपुर- अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत टेम्केमैयुङ गाउँपालिका– ३ मेस्पाङामा सडक भासिएको छ । भोजपुर –चखेवा सडक खण्डको मेस्पाङ भन्ने स्थानमा करिब ६० मिटर सडक भासिएको हो ।

कालोपत्र गरिएको सडक भासिएपछि यातायातका साधन रोकिएका टेम्केमैयुङ गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईले राससलाई बताउनुभयो । उक्त स्थानमा आज बिहान सडक भासिएको हो । “वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत मेस्पाङमा सडक भासिएको छ”, उपाध्यक्ष राईले भन्नुभयो,“सडकमा ठूलो क्षति भएको छ । यसरी नै निरन्तर वर्षा भयो भने अझ बढी क्षति हुनसक्छ ।”

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 29

प्रतिक्रिया (०)

सम्बन्धित खबर