Aamsanchar

युएईमा विश्व आदिवासी दिवस विविध कार्यक्रमका साथ सम्पन्न

Author Image
मङ्गलवार, साउन २९, २०८१

युएई ।  संविधान प्रदत्त अधिकार आदिवासीहरूको विषेश क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर, प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागूगरौं भन्ने मूल नाराका साथ युएईमा ३० औं विश्व आदिवासी दिवस नेपाली राजदूतावास अबुधाबीका श्रम कन्सुलर श्री दिन बन्धु सुबेदीको प्रमुख आतिथ्यमा आइतबारका दिन दुबई स्थित क्लब एभरेष्टको सभा हलमा सम्पन्न भयो ।

नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) युएई र आवद्ध ११ वटै मातृ संस्थाहरूको संयुक्त आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा हरेक जातिको आफ्नो मौलिक संस्कृति झल्कने भेषभुषा सहितको झाकी प्रस्तुत गरिएको थियो भने हरेक जातिले आफ्नो परम्परागत मौलिकता झल्कने विविध सामाग्री सहितको स्टल राखी प्रदर्शनी गरिएको थियो । कार्यक्रममा स्थानीय कलाकारहरूले साँगीतिक प्रस्तुती दिनु भएको थियो ।

उक्त कार्यक्रममा आफ्नो जातीय समाज मार्फत विषेश योगदान पुर्‍याउने हरेक मातृ संस्थाबाट सिफारिस गरिएका एक महिला र एक पुरुषलाई महासङ्घको तर्फबाट सम्मान गरिएको थियो ।

मिस्टर एण्ड मिस इन्डिजिनियस ९ २०२४ प्रतियोगिता 

नेफिन युएईले हरेक वर्ष गर्दै आएको मिस्टर एण्ड मिस इन्डिजिनियस प्रतियोगितालाई यो वर्षपनि निरन्तरता दिदैँ सम्पन्न गरेको छ । प्रतियोगितामा हरेक मातृ संस्थाबाट एक एक जना  महिला र पुरुषले प्रतिस्पर्धा गरेको उक्त प्रतियोगिताको उपाधि मिस्टर इन्डिजिनियस तर्फ होम रजाली मगर र मिस इन्डिजिनियस तर्फ टसि डोल्मा शेर्पाले प्राप्त गर्नु भयो ।

नेपाल आदिवासी जनजाति महासङ्घ युएईमा हाल सम्म  
तमु समाज युएई, नेपाल मगर सङ्घ शाखा युएई, तामाङ समाज युएई, किरात राई यायोक्खा शाखा युएई, किरात याक्थुङ चुम्लुङ्ग युएई, थारू कल्याणकारी सभा युएई, नेवा पुचस् युएई, शेर्पा किदुक युएई, प्रवासी भुजेल समाज सेवा समिति  युएई, सुनुवार सेवा समाज शाखा युएई र माझी समाज युएई गरि ११ वटा मातृ संस्थाहरू आवद्ध रहेका छन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 102

प्रतिक्रिया (०)

सम्बन्धित खबर