Aamsanchar

पाकिस्तानमा मङ्कीपक्सको पहिलो सङ्क्रमित फेला

Author Image
शुक्रवार, साउन ३२, २०८१

पाकिस्तानमा मङ्कीपक्स अर्थात् ´एमपक्स`को पहिलो सङ्क्रमित भेटिएका छन् । खाडी देशबाट फर्किएका खैबर पख्तुनख्वाको मरदान जिल्लाका एक व्यक्तिमा एमपक्स सङ्क्रमण पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले बताएका बीबीसीले जनाएको छ ।

पाकिस्तानको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले सङ्क्रमित व्यक्ति क–कसको सम्पर्कमा आएका थिए भन्नेबारे पत्ता लगाउने काम भइरहेको बताएका छन् । यस्तै पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले स्वास्थ्य मन्त्रालयलाई कुनै पनि स्थितिको सामना गर्नका लागि सतर्क रहन निर्देशन दिनुभएको खबरमा उल्लेख छ ।

यसअघि स्विडेनमा एक जनामा एमपक्स सङ्क्रमण देखिएको थियो । अफ्रिकाका केही भागहरूमा एमपक्सको प्रकोप फैलिएपछि विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० ले हिजो विश्वव्यापी आपत्कालको घोषणा गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 59

प्रतिक्रिया (०)

सम्बन्धित खबर