Aamsanchar

मेची प्रादेशिक अस्पतालकाे नवनिर्मित भवनबाट सेवा दिन थालियो

Author Image
आइतवार, भदौ २, २०८१

झापा – भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालले नवनिर्मित भवनबाट आफ्नो सेवा सुरु गरेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामबाबु खडकाले आइतबार बिहान दुई तले सुविधा सम्पन्न भवनको पूजाआर्चना गरी सेवा शुभारम्भ गरेका हुन् ।
अस्पताल प्रशासनले पहिलो चरणमा बहिरङ्ग अर्थात् ओपिडी सेवा नयाँ भवनबाट सुरुवात गरेको हो । हाडजोर्नी र आँखा उपचारबाहेकका सम्पूर्ण ओपिडी सेवाहरू नयाँ भवनमा सारिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.खडकाले जानकारी दिए ।
मेडिसिन सेवा माथिल्लो तलमा राखेका छौँ । अन्य ओपिडी सेवाहरू भुईँ तलमा छ । पुर्जा काट्ने काउन्टर पुरानै भवन छ । ‘अन्य स्वास्थ्य परीक्षणहरि पनि पुरानै भवनको यथास्थानमा छ,’ डा.खडकाले भने । बिरामीको अत्यधिक चापका कारण पहिलो चरणमा ओपिडी सेवा मात्र सारेका छौँ ।

बिस्तारै अन्य सेवाहरू पनि नयाँ भवनमा लैजाने उनको भनाई छ । ‘भवन त बन्यो तर फर्निचर लगायतको अन्य कामहरू बाँकी नै छ,’ उनले भने, ‘अब स्वास्थ्य सामग्री, उपकरण, औजारहरू पनि खरिद गर्नुपर्ने हुन्छ, त्यसको लागि आवश्यक बजेट चाहिन्छ ।’ बजेटका लागि कोसी सरकारसँग माग गरिरहेको उनले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 47

प्रतिक्रिया (०)