Aamsanchar

नेपालले आज घरेलु टोली भुटानसँग खेल्दै

Author Image
बुधवार, असोज ९, २०८१

काठमाडौं – साफ यु-१७ च्याम्पियनसिप अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले आज घरेलु टोली भुटानसँग खेल्दैछ।

समूह बी मा रहेको नेपाल र भुटानबीचको खेल थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा नेपाली समय अनुसार साँझ पौने ६ बजे सुरु हुनेछ।

यसअघिका दुईमध्ये एक खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको नेपालको लागि सेमिफाइनल पुग्न भुटानलाई हराउनैपर्ने अवस्था छ।

भुटान र पाकिस्तानले समूह बी मा अपराजित रहँदै समान ४ अंक जोडेका छन्। गोलअन्तरमा भुटान शीर्ष स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा छ। दुई खेलबाट ३ अंकसहित नेपाल तेस्रो स्थानमा छ।

भुटानलाई पराजित गरेमा नेपाल शीर्ष दुईमा रहेर सेमिफाइनल प्रवेश गर्नेछ। अर्को खेलमा पाकिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ। श्रीलंका यसअघिका दुवै खेलमा पराजित हुँदै एक खेल अघि नै समूह चरणबाट बाहिरिसकेको छ।

समूह ए बाट भारत समूह विजेता र बंगलादेश समूह उपविजेता बनेर सेमिफाइनल पुगिसकेका छन्।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 19

प्रतिक्रिया (०)

सम्बन्धित खबर