Aamsanchar

जलथल जङ्गल छेउमा इको क्लबका विद्यार्थी सँग अन्तरक्रिया 

Author Image
शुक्रवार, कार्तिक ९, २०८१

 

भद्रपुर । फरेस्ट एक्सन नेपाल द्वारा आज एक कार्यक्रमको आयोजना गरी जलथल जङ्गल छेउ छाउमा रहेका विद्यालयका इको क्लबमा सङ्गठित विद्यार्थी सग अन्तरक्रिया कार्यक्रम भद्रपुर(२ पृथ्वीनगरमा संचालन गरिएको थियो ।

फरेस्ट एक्सन नेपालका डा. लिलानाथ शर्माको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि भद्रपुर नगरपालिका मेयर गणेश पोखरेल रहेका थिए। कार्यक्रममा भद्रपुर नगर का वडा नं-२ वडा अध्यक्ष राम कडेल, वन वातावरण शाखा भद्रपुरका प्रमुख नेत्र प्रसाद पोखरेल, वडा नं-२ वडा सदस्य टिका भण्डारी लगायत वन अभियानकर्मी ,शिक्षक, विद्यार्थी एवम् सरोकारवाला को प्रतिनिधिमूलक उपस्थिति रहेको थियो।

कार्यक्रममा वन वातावरण , वातावरणीय खाद्य शृङ्खला , मौसम ,जलवायु परिवर्तन लगायत विषयमा फरेस्ट एक्सन नेपालका प्रशिक्षक डा. लिलानाथ शर्माले विद्यार्थीहरू सग अन्तरक्रिया गर्नु भएको थियो। वातावरणीय फोटोग्राफर तथा चरा संरक्षणकर्मी देवेन खरेलले जलथल जङ्गलमा पाइने चरा र यस क्षेत्रमा सम्भावना रहेको चरा पर्यटनको बारेमा विद्यार्थीलाई जानकारी प्रदान गरेका थिए। उहाँले वातावरणमा चराको भुमिका महत्त्वपूर्ण रहेको र चरा संरक्षणमा एक जुट हुन विद्यार्थीलाई अपिल समेत गरेका छन्।

विद्यार्थीलाई वातावरणमैत्री बनाउन समूहगत छलफल गराई विभिन्न गतिविधि संचालन गरेर इको क्लबलाई निरन्तर चलायमान बनाउन कार्यक्रम आयोजना गरिएको डा।शर्माले जानकारी दिए ।

फरेस्ट एक्सन नेपालले विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण सँगै विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन र प्रयोगात्मक गतिविधि संचालन गरी समापन गरिएको थियो। कार्यक्रमको संचालन एवम् सहजीकरण फरेस्ट एक्सन नेपाल सहजकर्ता मुना भट्टराईले गर्नु भएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 60

प्रतिक्रिया (०)

सम्बन्धित खबर