Aamsanchar

बचत रकम अपचलन गर्ने सहकारी सञ्चालकरूलाई कानुनी कारवाहीको लागि नगरपालिकाले कदम चाल्छ : नगर प्रमुख प्रसाईँ

Author Image
सोमवार, कार्तिक २६, २०८१

बिर्तामोड । सहकारीको विषयलाई लिएर मेरो कार्यकक्षमा ऋण मिनाहा गराइदिनुपर्‍यो भन्दै विभिन्न समूहहरू आउने गरेका छन् । ति आउने समूहका साथीहरूलाई तपाईंले लिएको ऋण कसको रकम हो तपाईँलाई थाहा छ । गरिब विपन्न, जेष्ठनागरिक, बालबालिकाहरूले बचत गरेको रकम हो । सहकारीको पैसा होइन, कसरी ऋण मिनाहा हुन्छ, ब्याजदरमा छुट सुविधाको लागि भने समन्वय गर्न सकिन्छ भने पछि सहकारी पीडित भन्नेहरू कार्यकक्षबाट नाजवाफ भएर बाहिरिने गरेका छन् । त्यस्तै सहकारीमा जम्मा गरेर बचत रकम सहकारी सञ्चालकले फिर्ता दिएनन् फिर्ता गराई दिनुपर्‍यो भन्ने हरुको समूह पनि नगरपालिका आउने गरेका छन् । यो गम्भिर विषय हो । केही सहकारी सञ्चालक हरुको बदमासीको कारण यो अवस्था भएको हो । सिङ्गो सहकारी क्षेत्रमा देखा परेको समस्या भएको भए धेरै सहकारी हरुमा कुनै समस्या देखिएको छैन । नियमित सहकारी नीति निमय अनुसार संस्थाहरू चलिरहेका छन् ।

नियतबस बेमानी गरेर जनताको बचत रकम अपचलन गर्ने सहकारी सञ्चालक हरुलाई कानुनी कारवाहीको लागि नगरपालिकाले कदम चल्ने छ । तर धेरै सहकारीहरू केन्द्र अन्तरगत सञ्चालित छन ति सहकारी हरुलाई नगरले कारवाही गर्ने नीति नै छैन । नगर स्तरीय सहकारीको हकमा नगरपालिकाले नियमन र कारवाही गर्ने छ । यो भनाई बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाईको हो ।
आज आकाशगङ्गा सूर्योदय बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभा उद्‌घाटन समारोहमा नगर प्रमुखले यस्तो भनाई राखेकी हुन ।

सुरक्षित बचत तथा सुलभ कारोबारको सुनिश्चितता, आकाशगङ्गा सूर्योदय सहकारीको प्रतिवद्धता भन्ने नारा सहित स्थापना भएको सहकारीले आर्थिक वर्ष २०८०÷०८१ को समिक्षागत प्रतिवेदन प्रस्तुत गरेर नयाँ कार्यक्रमहरू पनि पास गरेको छ ।

शेयर पुँजी २ करोड २४ लाख ८७ हजार ४००, निक्षेप ५ करोड १० लाख ८० हजार १९४, कर्जा लगानी ७ करोड ५९ लाख ९८ हजार १५२, कुल आम्दानी १ करोड ३३ लाख ७ हजार ९७९, कुल खर्च १ करोड १ लाख ३३ हजार ९७४, कोष व्यवस्था २ करोड ४८ हजार ३५३ र कुल कारोबार ११ करोड ७ लाख ७ हजार ८३३ रुपैयाँ आय व्यय प्रस्तुत गरिएको थियो ।

नयाँ कार्यक्रममा सदस्य राहतकोष मार्फत शेयर सदस्यका माता पिताको देहान्तमा ४० हजार उपलब्ध गराउने, स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने, मुनाफाबाट शेयर लाभांश कोषमा रहेको रकम शेयर सदस्यमा बाँडफाँड गर्ने, उत्कृष्ट बचतकर्ता, ऋणी, कर्मचारीहरूलाई सम्मान गर्दै जाने, पेन्सन बचत खाता खोल्ने अभियानलाई निरन्तरता दिने, नगद रहित कारोवारलाई प्रोत्साहन गर्ने, निस्कृय अचल सम्पति ९जग्गा० नियम अनुसार बिक्री गर्ने, स्वाथ्य शिसवरहरु सञ्चालन गर्ने प्रस्थापहरु साधारणसभाबाट पास गरिएको संस्थाका व्यवस्थापक केशव सुवेदीले जानकारी दिए ।

संस्थाका अध्यक्ष बद्रीप्रसाद भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रममा उत्कृष्ट बचतकर्ता कल्पना ढुंगाना, उत्कृष्ट ऋणी गंगा बराल, उत्कृष्ट कर्मचारी संस्थाका व्यवस्थापक केशव सुवेदी, कर्मचारी गंगा ओझा बुढाथोकी र बसन्त तामाङलाई सम्मान गरिएको छ । कार्यक्रमकी प्रमुख अतिथि बिर्तामोड नगर प्रमुख पवित्रा महतरा प्रसाईले सम्मान गरेकी थिइन ।

कार्यक्रममा नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराई, चेम्बरअफ कमर्स कोशी प्रदेशका सदस्य सन्तोष अग्रवाल, जिल्ला सहकारी संघका सदस्य केशव बस्नेतलगायतले मन्तव्य राखेका थिए ।

 मन्तव्यको क्रममा अध्यक्ष बद्रीप्रसाद भट्टराईले विभिन्न अभियानको नाममा गरिएको हल्लाका कारण कतिपय ऋणीले हेपाहा प्रवृत्ति देखाएका छन्, ऋण पचाउने सपना देखिरहेका छन् ।  त्यस्ता ऋणीबाट ऋण असुली गराई सहकारी क्षेत्र जोगाउन स्थानीय सरकारले ध्यान दिनु पर्ने र त्यसका लागि नगरपालिकाबाट प्रवाह हुने सेवा सुविधाबाट बञ्चित गराएर  ऋण असुली गराउन स्थानीय सरकारले सहयोग गर्नु पर्ने  माग राखेका छन् ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष बिशाल शिवाकोटीले स्वागत मन्तय राखेका थिए भने सचिव देवीप्रसाद घिमिरेले कार्यक्रमको सञ्चालन गरेका थिए ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 34

प्रतिक्रिया (०)

सम्बन्धित खबर