




कपिलवस्तु – भैरहवा तौलिहवा सडक खण्डको लुम्बिनीमा आज बिहान बस, कार र मोटरसाइकल ठोक्किंदा भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ। लु २ ख २३१ नम्बरको बस, बा.१४ च ७४४८ नम्बरको कार र लु ३८ प ९१९९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए।

मृत्यु हुनेहरूमा गाडी चालक वाणगंगा नगरपालिका वडा नं. ४ का ४५ वर्षीय इन्द्रबहादुर सार्की र सोही गाडीमा सवार प्युठान जिल्ला पकला गाउँपालिका वडा नं.७ बस्ने ४३ वर्षीय भीमबहादुर सारु रहेको रहेका छन्।


दुर्घटनाका ११ जना घाइतेहरू मध्ये १ गम्भीर घाइते, २ जना मध्यम र ८ जना सामान्य रहेको जिल्ला ट्राफिक प्रहरीका प्रमुख प्रहरी निरीक्षक पंकज चुदालीले बताए। दुर्घटनामा परी कारमा सवार थप १ जना गम्भीर घाइते रहेको र उनको भैरहवा स्थित मेडिकल कजेलमा उपचार भइरहेको छ।


बस चालक कपिलवस्तु मायादेवी गाउँपालिका वडा नं। ४ बनकसियाका ३७ वर्षीय सुरेश धोबीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।