नेपालको कोशी प्रदेशबाट १० वटा स्टलहरू राखिएको महोत्सवमा सुन्तला, एभोकाडो, तयारी चिया, किवी, हस्तकला, र अन्य स्थानीय उत्पादनहरू प्रदर्शन गरिएका थिए। यी वस्तुहरूले महोत्सवमा विशेष आकर्षण सिर्जना गरे । झापा, इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, खोटाङ, उदयपुर लगायतका जिल्लाबाट आएका कृषक, व्यवसायी र पर्यटन प्रतिनिधिहरूले नेपाली उत्पादनको उत्कृष्टता प्रस्तुत गरेका थिए ।
कोशी प्रदेशबाट करिव २ सय जना नेपाली प्रतिनिधिहरू महोत्सवमा सहभागी भएका थिए । यसले स्थानीय उत्पादन र पर्यटनको अन्तर्राष्ट्रिय प्रचारमा ठूलो भूमिका खेलेको छ । महोत्सवमा नेपालका पहाडी र हिमाली भेगका उत्पादनहरूले मात्र होइन, नेपाली विभिद संस्कृतिको झल्को दिने सामग्रीहरूले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरे ।
कोशी प्रदेश सरकारले महोत्सवलाई आफ्नो भ्रमण वर्ष २०८२ को प्रचार–प्रसार गर्ने अवसरको रूपमा प्रयोग ग¥यो । महोत्सवमा पाथीभरा, चतरा, हलेशी लगायतका धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रचार गरियो । साथै, कोशी प्रदेशका पर्यटन गन्तव्यहरूलाई बंगाली पर्यटकहरूका लागि विशेष रूपमा प्रस्तुत गर्दै नेपाल भ्रमणका लागि प्रेरित गरिएकोे गृन जेनेरसनका संस्थापक अर्जुन कार्कीले बताए ।
महोत्सवले नेपाल, भारत र भुटानबीचको सम्बन्धलाई प्रगाढ बनाउन टेवा पु¥याएको छ । तीन देशका कृषि उत्पादनहरू र ग्रामीण पर्यटन प्रवर्द्धनका कार्यक्रमहरू प्रदर्शन गरेर यी देशबीचको सांस्कृतिक र आर्थिक सम्बन्धलाई बलियो बनाउन महत्त्वपूर्ण योगदान दिएको छ ।
यस महोत्सवको मुख्य उद्देश्य स्थानीय उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तार गर्नु र ग्रामीण पर्यटन प्रवर्द्धन गर्नु थियो। महोत्सवले स्थानीय उत्पादनहरूको बजारीकरणमा मात्र नभई स्थानीय समुदायको जीवनस्तर सुधार गर्न र पर्यटन क्षेत्रलाई विकास गर्न पनि विशेष योगदान दिएको छ ।
छैठौं सुन्तला महोत्सवले नेपाली कृषक र व्यवसायीहरूलाई आफ्ना उत्पादनहरू अन्तर्राष्ट्रिय मञ्चमा प्रदर्शन गर्ने मौका प्रदान ग¥यो ।
कोलकाता सुन्तला महोत्सवमा नेपालको सहभागिता र उपलब्धिको विषयमा चर्चा हुने गरेको छ । झापाको मेचीनगर–४ बाहुन्डागीस्थित गृन जेनेरेसनले नेपालको सहभागिताको मुख्य संयोजन गरेको थियो भने पर्यटन कार्यालय, काँकडभिट्टाले महोत्सवमा सहभागी हुनको लागि आर्थिक सहयोग र सहजीकरण भूमिका निर्वाह गरेको थियो । महोत्सवमा सहभागी बन्दा कती खर्च भयो भन्ने बारे यो रिर्पोट तयार पार्दा सम्म हिसाव सार्वजनिक भई सकेको छैन ।
नेपाली उत्पादनहरूको गुणस्तर र विविधता प्रस्तुत गर्दै महोत्सवले कृषि क्षेत्रमा नेपालको पहिचानलाई सुदृढ ग¥यो। ग्रामीण पर्यटन प्रवर्द्धनका लागि महोत्सवले उत्कृष्ट मञ्च प्रदान गरेको पर्यटन कार्यालय काँकडभिट्टका अधिकृत निरज कट्टेलले बताए ।
सुन्तला महोत्सवमा सहभागि जनाउदा नेपालले के उपलब्धी प्राप्त गर्न सको भन्ने विषयले कोशी प्रदेश सरकार, स्थानीय सरकार र पर्यटन सम्बध कार्यालय तथा निकायमा उत्सुक्ता भईरहेको पाइएको छ ।
कोलकोता सुन्ताल महोत्सवमा कोशी प्रदेशले प्रतिनिधित्व गर्दा प्राप्त अबसरहरु
१. कृषि उत्पादनको अन्तर्राष्ट्रिय प्रचार
सुन्तला, एभोकाडो, किवी, तयारी चियाजस्ता उत्पादनहरूको प्रदर्शनले भारत र भुटानका सम्भावित खरिदकर्ताहरूमा राम्रो प्रभाव पारेको छ। महोत्सवले नेपाली कृषकहरूको उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने अवसर प्रदान ग¥यो।
२.पर्यटन प्रवर्द्धन
महोत्सवमा कोशी प्रदेशका धार्मिक र पर्यटकीय स्थलहरूको प्रचार–प्रसारले बंगाली पर्यटकहरूलाई आकर्षित गरेको छ। भ्रमण वर्ष २०८२ को प्रचारले दीर्घकालीन रूपमा पर्यटक आगमनमा वृद्धि गर्ने सम्भावना छ ।
३. आर्थिक सम्भावना र सम्बन्ध विस्तार
भारतीय बजारमा नेपाली उत्पादनको माग बढ्न सक्छ, जसले कृषक र उद्यमीहरूको आम्दानी वृद्धि गर्नेछ। भारत र भुटानका व्यवसायीहरूसँगको नेटवर्किङले निर्यातको नयाँ ढोका खोल्ने अवसर प्रदान ग¥यो ।
४. सांस्कृतिक कूटनीति र सम्बन्ध सुदृढीकरण
महोत्सवले नेपाल, भारत, र भुटानबीचको सांस्कृतिक र व्यापारिक सम्बन्धलाई थप प्रगाढ बनायो। कोशी प्रदेशका प्रतिनिधिहरूले नेपाली उत्पादन र संस्कृति दुवैलाई सफलतापूर्वक प्रस्तुत गरे।
५. स्थानीय व्यवसाय र संस्थाहरूको क्षमतावृद्धि
गृन जेनेरेसन जस्ता स्थानीय संस्थाहरूले महोत्सवको संयोजन गर्दै अन्तर्राष्ट्रिय स्तरमा काम गर्ने अनुभव प्राप्त गरे। भविष्यमा यस्ता कार्यक्रमहरूमा सहभागीता बढाउन प्रेरणा दियो ।
६. पर्यटन र ग्रामीण विकासमा योगदान
ग्रामीण क्षेत्रका उत्पादनलाई अन्तर्राष्ट्रिय मञ्चमा पु¥याउन सकिएको छ। महोत्सवमा गरेको लगानीले पर्यटन र कृषि विकासमा प्रत्यक्ष योगदान पु¥याउने अपेक्षा छ ।
कोलकाता सुन्तला महोत्सवमा नेपालले आफ्नो कृषि उत्पादन र पर्यटन गन्तव्यहरूको सफल प्रचार गर्न सकेको छ । महोत्सवले नेपाली कृषक र व्यवसायीलाई अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उत्पादन प्रदर्शन गर्ने अवसर मात्र प्रदान गरेन, ग्रामीण पर्यटन र कृषि क्षेत्रलाई प्रवर्द्धन गर्दै स्थानीय अर्थतन्त्रमा योगदान पु¥याउने आधार पनि तयार भएको कोशी प्रदेश पर्यटन वर्ष २०८२ का सहयोजक भवेश श्रेष्ठले आमसंचारलाई बताए ।
नेपालले यस्ता अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा सहभागी हुँदै आर्थिक, सांस्कृतिक, र पर्यटन विकासका नयाँ सम्भावना खोज्न सक्नेछ । क्षेत्रिय तहबाट अन्तरदेशिय व्यवसायिक सम्बन्ध विस्तारको लागि गरिएको प्रयास नेपालीहरको लागि यो महोत्सव एक सम्भावनाको आधार बनेको छ । तर यतिले मात्र नेपालको उत्पादन र प्रचार पुग्दैन आगामी दिनमा भारतका अन्य प्रान्तहरुमा पनि नेपाली कृषि उत्पादन, पर्यटन व्यवसायी र सरकारका प्रतिनिधीहरुको उपस्थिती अनिवार्य हुन जरुरी छ । अनि मात्र नेपालका कृषक र पर्यटन क्षेत्र र व्यवसायीहरुले बढी भन्दा बढी लाभ लिन सक्ने अवस्था रहन्छ ।
भिडियो रिर्पोट हेर्नुहोस् ।