Aamsanchar

कविताः नयाँ वर्ष २०२५

Author Image
बुधवार, पौष १७, २०८१

बितेको सालले धेरै कुरा सिकायो,
पराई त के आफ्नैले रंग देखायो ।
अब,
थोरै सम्हालिनु छ,
थोरै हात मिलाउनु छ,
थोरैको साथ जिउँनु छ,
अनि,
बाटो छेक्न बसेकाहरु,
तगारो र मुड्कोहरु,
पर्खाल जस्ता गरलाहरु,
परिवेशको पिंजडाभित्र
भुँईमा न भाँडामा भएकाहरुलाई
सम्हालेर डालोमा हाल्नु छ ।
यो साल,
केहि पुराना खिल र घाउहरुलाई,
जनै खटिराहरुलाई,
आफ्नो खाएर,
अर्काको भारी बोक्नेहरुलाई,
खुट्टा तान्ने मैला हातहरुलाई,
पश्चतापका भुमरीमा,
जल्न दिनु छ।
र,
केहि नविन सोचहरुलाई,
सकरात्मक मानसपटलाई,
सहृदयी सुन्दर साथहरुलाई,
स्वागत गर्नु छ ।।
नव वर्ष २०२५ लाई स्वागत गर्नु छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 78

प्रतिक्रिया (०)

सम्बन्धित खबर