Aamsanchar

नेपाल पुलिस क्लब र बागमती युथ क्लबले बराबरी खेले

Author Image
शनिवार, माघ ५, २०८१

काठमाण्डौ – एन्फा महिला लिग फुटबलमा आज नेपाल पुलिस क्लब र बागमती युथ क्लबले बराबरी खेलेका छन् । एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा भएको खेलमा दुबै टोलीबाट गोल हुन नसकेपछि खेल बराबरीमा सकिएको हो ।

प्रतियोगिताको शीर्ष स्थानमा सशस्त्र प्रहरी बलको एपीएफ, दोस्रो स्थानको त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले प्लेअफमा स्थान बनाइसकेका छन् । प्लेअफ पुग्ने चौथो टोलीका लागि बाग्मती युथ क्लब र वालिङ प्रतिस्पर्धामा छन् ।

एन्फा महिला लिगको पहिलो चरणमा १० टोली रहेकामा दोस्रो चरणमा पाँच वटा टोली पुगेका हुन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 65

प्रतिक्रिया (०)