

सिरहा – पूर्वपश्चिम हाईवेअन्तर्गत लहान नगरपालिका-१३ मा सडक दुर्घटनामा परि उदयपुरका एकै परिवारका तीनजना घाइते भएका छन् ।घाइतेहरूको लहानमा उपचार सम्भव नभएपछि थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको छ ।

घाइते हुनेहरूमा उदयपुर त्रियुगा नगरपालिका-६ देउरीका ४० वर्षीय किरण थापा उनकी श्रीमति २५ वर्षीया सुधा घिमिरे थापा र ११ वर्षीया छोरी शैलजा कुमारी थापा छन् ।

प्रहरीका अनुसार तीनैजना बा १८ प ८३२५ नम्बरको मोटरसाइकलमा पश्चिमबाट पूर्वतर्फ आइरहेका थिए । विपरीत दिशबाट प्र२-१-००१प ७९ नम्बरको संकल्प विद्या आश्रमका स्कुल बसले ठक्कर दिँदा दुर्घटना भएको हो ।

बाक्लो हुस्सुका कारण दुर्घटना भएको हुन सक्ने बुझिएको छ । बसका सवारी चालक दिपेश कुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा राखेका छन् ।


घाइते थापा सिरहाको मिर्चैया नगरपालिकाका स्वस्तिक पाठशाला स्कुलमा लेखापालको रुपमा काम गर्दै आइरहेका छन् । घर फर्किने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।