Aamsanchar

घैलाडुब्बा–चम्पापुर विरिङ खोलामा पुल निर्माण हुने निस्चित

Author Image
मङ्गलवार, माघ ८, २०८१

बिर्तामोड । झापाको कनकाई नगरपालिका क्षेत्रमा पर्ने घैलाडुब्बा र चम्पापुरलाई जोड्ने विरिङ खोलामा पुल निर्माण हुने भएको छ। उक्त परियोजनाका लागि ४५ करोड ४८ लाख ५६ हजार रुपैयाँ बजेट सुनिश्चित भइसकेको छ।

पुल निर्माणका लागि स्थानीय पूर्वाधार विभागले ठेक्का प्रक्रिया अगाडि बढाइसकेको छ। विभागका महानिर्देशक महेशचन्द्र न्यौपानेका अनुसार निर्माण कार्य छिट्टै सुरु हुने छ। पुलको अभावका कारण घैलाडुब्बा र चम्पापुरका बासिन्दा मुख्य राजमार्गसम्म पुग्न लामो दुरी पार गर्न बाध्य थिए।

पुल निर्माणपछि स्थानीय बासिन्दाको दैनिक आवागमन सहज हुनुका साथै आर्थिक तथा सामाजिक विकासमा उल्लेख्य सुधार आउने विश्वास गरिएको छ। यसले क्षेत्रीय कनेक्टिभिटीलाई मजबुत बनाउँदै दुबै गाउँलाई प्रत्यक्ष फाइदा पुर्‍याउनेछ। पुल निर्माणले स्थानीय जनतालाई ठूलो राहत दिनुको साथै विकासका थप सम्भावना खोल्नेछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 75

प्रतिक्रिया (०)

सम्बन्धित खबर