

काठमाण्डौ – आज सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा चार सय रुपैयाँले घटेर एक लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो भने सुनको भाउ एकैदिन तोलामा एक हजार नौ सय रुपैयाँले बढेर एक लाख ६० हजार रुपैयाँ पुगेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदीको भाउ तोलाको एक हजार आठ सय ७५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार आठ सय ९५ रुपैयाँ रहेको थियो ।


यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 87