Aamsanchar

इन्टरनेट, केवल तथा फोन प्रदायक संस्थालाई स्थानीय सरकारको सम्पर्कमा आउन कनकाई–३ का वडाध्यक्षद्वारा कडा चेतावनी

Author Image
शनिवार, माघ १२, २०८१


कनकाई । झापाको कनकाई नगरपालिका वडा नम्बर ३ को वडा कार्यालयले इन्टरनेट प्रदायक संस्थालाई स्थानीय तहमा जोडिन आग्रह गर्दै अटेरी गरे कार्वाही गर्ने चेतावनी दिएको छ। वडा कार्यालयले पटक–पटक इन्टरनेट, केवल तथा फोन प्रदायक संस्थालाई पत्राचार गरेर छलफलका लागि बोलाएपनि केही मात्र उपस्थित हुने गरेको भन्दै स्थानीय सरकारको सम्पर्कमा आउन कडा चेतावनी दिएको हो ।

स्थानीय सरकारले बोलाउँदा समेत अटेर गर्ने इन्टरनेट प्रदायक संस्थालाई वडा कार्यालयमा छलफलका लागि उपस्थित भएर सुचिकृत तथा दर्ता र केवल तार ब्यवस्थापन गर्न वडाध्यक्ष युवराज चम्लागाईले कडा चेतावनी दिएका छन् ।

इन्टरनेट, टेलिकम, केवल प्रदायकहरुलाई अन्तर सम्वादका लागि पत्राचार गरेको छ। ‘यो तेस्रो पटक पत्राचार गरेको हो’ वडाध्यक्ष चम्लागाईले भने ‘पटक–पटक गरेर सहकार्य र सहजताको लागि पत्राचार गर्दासमेत केही मात्र संस्थाको उपस्थिति छ ।’

यस अघि भएको छलफलमा ९ वटा हिजो शुक्रबार ४ वटा इन्टरनेट प्रदायक संस्थाको उपस्थित भएको छ । कनकाईमा सेवादिने १४ वटा कम्पनीहरु रहेको छ ।

उनले कनकाई नगरस्थित सुरुङ्गा बजार क्षेत्रमा रहेका बिजुलीका पोलमा जताभावी इन्टरनेट, केवल, टेलिफोनलगायतका तार अब्यवस्थित हुँदा आगलागी र सवारी दुर्घटना हुने भएकाले त्यसलाई ब्यवस्थित गराउने उदेश्यले सम्बन्धीत संस्थाहरुसँग अन्तर सम्वाद कार्यक्रमका लागि छलफल गर्न बोलाइएको बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर