Aamsanchar

८० जना विद्यार्थीहरूलाई एक-एक सेट पोसाक हस्तान्तरण

Author Image
आइतवार, माघ १३, २०८१

नुवाकोट – विद्यार्थीहरूलाई अध्ययनप्रति जागरूक बनाउने उद्देश्यले नुवाकोटको विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई पोसाक प्रदान गरिएको छ ।

न्यानो कपडासहितको पोसाक पाएपछि विद्यार्थीहरू अध्ययनप्रति उत्साहित भएका छन् । लिखु गाउँपालिका ३ मा रहेको नवप्रकाश माविमा अध्ययनरत ८० जना विद्यार्थीहरूलाई एक-एक सेट पोसाक हस्तान्तरण गरिएको हो । शिक्षा, स्वास्थ्यलगायत सामाजिक गतिविधि गर्दै आएको लायन्स क्लव अफ नुवाकोट क्यापिटल र नुवाकोट आदर्शको संयुक्त आयोजनामा उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको लागि न्यानो कपडा विद्यालय हस्तान्तरण गरिएको हो ।

दुई महिनाको अवधिमा लायन्स क्लवले नुवाकोटको विविभन्न पाँच विद्यालयमा अध्ययनरत तीनसय ५० जना विद्यार्थीहरूलाई विद्यालय पोसाक प्रदान गरिसकेको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 95

प्रतिक्रिया (०)