Aamsanchar

सरस्वती पूजामा पोखरा विश्वविद्यालयमा रचना रिमालको सांगीतिक प्रस्तुति

Author Image
शनिवार, माघ १९, २०८१

पोखरा ।  पोखरा विश्वविद्यालयमा सरस्वती पूजाको अवसर पारेर विशेष सांगीतिक तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिँदै छ। यस अवसरमा चर्चित गायिका रचना रिमालको प्रत्यक्ष सांगीतिक प्रस्तुति रहने भएको छ।

तराई विद्यार्थी सेवा समाज, पोखरा विश्वविद्यालयको आयोजनामा सम्पन्न हुन लागेको उक्त कार्यक्रममा विद्यार्थी, शिक्षक तथा पोखराका स्थानीय बासिन्दाहरूको सहभागिता रहनेछ। गायनका साथै विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिनेछ, जसमा नाचगान, जातीय भेषभूषाको प्रदर्शनी तथा परम्परागत खानाका परिकारहरूको प्रदर्शनी पनि समावेश गरिनेछ।

कार्यक्रमको मुख्य उद्देश्य पोखराको सांस्कृतिक विविधता उजागर गर्नु तथा एकता, कला र संस्कृतिको प्रवर्द्धन गर्नु रहेको आयोजकहरूले जनाएका छन्। विशेषगरी, रचना रिमालको प्रत्यक्ष प्रस्तुति कार्यक्रमको मुख्य आकर्षणको केन्द्रबिन्दु रहने अपेक्षा गरिएको छ।

कार्यक्रम पोखरा विश्वविद्यालय परिसरमा बिहान १०:०० बजेबाट सुरु हुनेछ। आयोजकहरूले सबैलाई यस सांस्कृतिक कार्यक्रममा उपस्थित भई मनोरञ्जन लिन तथा आफ्नो सांस्कृतिक पहिचानको जगेर्ना गर्न आग्रह गरेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 36

प्रतिक्रिया (०)

सम्बन्धित खबर