Aamsanchar

बिर्तामोडमा राइनोज एजुकेशन कन्सल्टेन्सीको शाखा उद्घाटन

Author Image
मङ्गलवार, माघ २२, २०८१

झापा । बिर्तामोडमा राइनोज एजुकेशन कन्सल्टेन्सीको नयाँ शाखा सञ्चालनमा आएको छ। सरस्वती पूजाको अवसरमा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने र इक्यान झापाका अध्यक्ष रोशन सुवेदीले लोगो अनावरण गर्दै शाखाको उद्घाटन गरे।

कार्यक्रममा अध्यक्ष न्यौपानेले शिक्षा र सीप सिकेर नेपालमै योगदान गर्नुपर्नेमा जोड दिए। इक्यान अध्यक्ष सुवेदीले सही मार्गदर्शनद्वारा विद्यार्थीलाई उचित परामर्श दिनुपर्ने बताए।

जापानमा मुख्य कार्यालय रहेको राइनोज एजुकेशन सर्भिसले काठमाडौँसहित विभिन्न शहरहरूबाट सेवा दिँदै आएको छ। जापान, यूके, अस्ट्रेलिया, अमेरिका, फिनल्यान्डलगायतका देशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई परामर्श दिने उद्देश्यले बिर्तामोड शाखा स्थापना गरिएको हो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 57

प्रतिक्रिया (०)

सम्बन्धित खबर