Aamsanchar

तीन उद्योगका औषधि बिक्रीमा रोक

Author Image
बुधवार, माघ २३, २०८१

काठमाडौं । औषधि व्यवस्था विभागले तीन उद्योगका औषधि बिक्रीमा रोक लगाएको छ । न्यून गुणस्तरको देखिएपछि विभागले तीनवटा नेपाली उद्योगले उत्पादन गरेका विभिन्न ब्याचका औषधि बिक्री वितरणमा रोक लगाएको हो ।

विभागका अनुसार, काभ्रेको बनेपास्थित क्युरेक्स फार्मास्युटिकल्स्बाट उत्पादित ‘क्याल्बोन’नामक क्याल्सियम र भिटामिन डी थ्री मिश्रित ५०० एमजीको ट्याब्लेटका धेरै ब्याचमा समस्या देखिएको छ । ब्याच नम्बर ुटीसीएल २०३ु देखि ‘टीसीएल ३४१’सम्मका ट्याब्लेट तोकिएको स्तरबमोजिम नभएको विभागले जनाएको छ ।

राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तरको पाइएपछि विभागले सोही कम्पनीको ब्याच नम्बर ‘टीसीएल–२२९’ लाई माघ पहिलो साता बिक्रीमा रोक लगाएको थियो ।

विभागले बाराको एभरेस्ट प्यारेन्टेरल्सले उत्पादन गरेको ुइभासिपु नामक आँखाको औषधि(आई ड्रप्स)को ब्याच नम्बर ‘ईसीई १४०’पनि बिक्रीमा रोक लगाएको छ ।

यस्तै, लोमस प्यारेन्टेरल्सको ‘ए ०४ डब्लूजेड ०१०’ब्याचर्को डीएनएस’ सोडियम क्लोराइड इन्जेक्सन पनि न्यून गुणस्तरको पाइएको छ ।

विभागले न्यून गुणस्तरका ब्याचका औषधि बिक्री–वितरण नगर्न तथा बजारबाट फिर्ता ल्याउन उत्पादक कम्पनीहरूलाई निर्देशन दिएको छ । खराबी देखिएको ब्याचको औषधि सिफारिस र प्रयोगसमेत नगर्न विभागले आग्रह गरेको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 10

प्रतिक्रिया (०)

सम्बन्धित खबर