Aamsanchar

जलथल वन क्षेत्रको जैविक विविधता अभिलेख

Author Image
मङ्गलवार, माघ २९, २०८१

झापा जिल्लाको दक्षिणी क्षेत्र हल्दिीबारी गाउँपालिकामा रहेको जलथल चारकोसे वनको जैविक विविधता अभिलेख गर्ने कार्य सफलतापूर्वक सम्पन्न भएको छ। यस अध्ययनबाट वनको महत्त्व झल्काउने विभिन्न तथ्यांक प्राप्त भएका छन्, जुन वन संरक्षणका लागि उपयोगी हुने विश्वास लिइएको छ।

वनस्पति विविधता

वनस्पति : ५५० प्रजाति

रुख : १५५ प्रजाति

उन्यू : ४३ प्रजाति

झारपात : २४६ प्रजाति

लतारलहरा : ६४ प्रजाति

बुट्यान : ७८ प्रजाति

पाम : ४ प्रजाति

प्राणी विविधता :

मेरुदण्ड भएका प्रजातिहरू : ३५१

पुतली : १५७ प्रजाति

माछा : ४३ प्रजाति

उभयचर : १४ प्रजाति

सरिसृप : ३२ प्रजाति

पक्षी : २३५ प्रजाति

स्तनधारी : २७ प्रजाति

संकटापन्न प्रजातिहरू :

सालक

कछुवा

हाती

अनौकाठ

थाकल

रातो शिरीष

अन्य विशेषताहरू :

६१०० हेक्टर जलथल चारकोसे क्षेत्र

पूर्वी तराईमा मूल वनबाट छुट्टिएको सबैभन्दा ठूलो वनखण्ड

दक्षिणपूर्वी एसियाका महत्वपूर्ण वनस्पति प्रजातिहरूको उपस्थिति

उष्ण प्रदेशीय सदाबहार वनका बुच्काहरू

नेपालमा लटहरको सबैभन्दा ठूलो वन

तराईमा थाकल को प्राकृतिक थलो

१३ वटा संकटापन्न प्रजातिको वासस्थान

अध्ययनको महत्त्व :

यो अध्ययन दक्षिणपूर्वी एसियाका महत्वपूर्ण वनस्पतिहरू समेट्ने नेपालकै सबैभन्दा ठूलो लहरयुक्त बनको अभिलेख हो। वनस्पति र वन्यजन्तुको यो विस्तृत तथ्यांक संरक्षण प्रयासहरूमा उपयोगी हुनेछ।

यो अनुसन्धान कार्यमा १०० जना भन्दा बढी स्थानीय समुदायका सदस्यहरू र १५ जना विषय विज्ञहरू सहभागी भएका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 117

प्रतिक्रिया (०)

सम्बन्धित खबर