Aamsanchar

नेपाली बजारमा सुनको मूल्य

Author Image
बिहिवार, फागुन १, २०८१

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ।

अघिल्लो दिनको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँ बढेको हो। जसअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६९ हजार ८०० रुपैयाँ कायम भएको छ।

बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६७  ५०० रुपैयाँ कायम भएको थियो।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। बुधबार तोलामा १ हजार ९३० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर १ हजार ९६५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर