झापा। जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत एक प्रहरी अधिकृतले कार्यालय परिसरमै झुण्डिएको अवस्थामा मृत फेला घटना सार्वजनिक भएको छ।


प्रहरी नायव निरीक्षक (सई) धनराज खतिवडाको मृत शरिर कार्यालय भवनको छतमा झुन्डिएको अवस्थामा भेटिएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विजय चौहानका अनुसार खतिवडा तीनतले प्रहरी ब्यारेकको माथिल्लो तलामा रहेको पानीको ट्यांकीमा जाने भर्याङमा पासो लागेको अबस्थामा हुन्।

खतिवडा भोजपुर जिल्ला, टेम्केमैयुङ गाउँपालिका–४ स्थायी घर भई हाल मोरङ, कानेपोखरी गाउँपालिका–७ मा बसोबास गर्दै आएका थिए। ४९ वर्षीय खतिवडा को शव नाइलनको डोरी मा झुण्डिएको अबस्थामा रहेको प्रहरी निरीक्षक चौहानले जानकारी दिए।


घटनाबारे थाहा पाएलगत्तै प्रहरीले अनुसन्धान सुरु गरेको छ। प्रहरीका अनुसार मृतकका आफन्तलाई खबर गरिसकिएको छ भने आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। घटना हुनुको कारण भने अहिलेसम्म खुल्न सकेको छैन।


अबकास हुने समय नजिकिएकै बेला किन आत्महत्या गरे भन्ने जन जिज्ञाषा रहेको छ। आत्महत्या को पछाडि कसैले दुरुत्साहन गरेको वा अन्य केही कारणले उनले आत्महत्या गरेका हुन् भन्ने बारे खुली सकेको छैन। जिम्मेवार प्रहरीले प्रहरी कार्यालयमै आत्महत्या गर्नुलाई समुदायले असामान्य रुपमा लिएको छ।
यस दुखद घटनाले सुरक्षाकर्मीभित्रको मानसिक तनाव र सेवा अवधिभित्र देखिन सक्ने व्यक्तिगत समस्या उजागर गरेको बताउनेहरू छन्।