कनकाई । झापाको कनकाई नगरपालिका–८ लक्ष्मीपुरमा विद्युत पोलमा काम गर्ने क्रममा करेन्ट लागेर एक कर्मचारी घाइते भएका छन् । आज दिउँसो करिब ३स्३५ बजे भएको घटनामा नेपाल विद्युत प्राधिकरण लक्ष्मीपुर सवस्टेशनमा कार्यरत स्थानीय ५० वर्षीय पशुपतिनाथ लम्साल घाइते भएका हुन् ।

एशियन हाइवे निर्माणका लागि लक्ष्मीपुर चोकदेखि २०० मिटर पूर्वतर्फ विद्युत पोलमा ट्रान्सफर्मर सार्ने क्रममा लम्साललाई करेन्ट लागेको हो । करेन्ट लागेर गम्भीर घाइते भएका लम्साललाई उपचारका लागि विर्तामोडस्थित एक अस्पतालमा भर्ना गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डिएसपी प्रकाश विष्टले जानकारी दिए ।

घटनास्थलमा पुगेका प्रहरी टोलीका अनुसार लम्सालको प्रारम्भिक उपचारपछि थप उपचार भइरहेको छ । लम्सालको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।


प्रहरीका अनुसार विद्युत लाइन पूर्ण रुपमा बन्द नगरी ट्रान्सफर्मर सार्ने कार्य गर्दा दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

