




प्रहरीका अनुसार काभ्रेपलाञ्चोक जिल्लाका साविक ठुलोपर्सेल गाविस वडा नं ८ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका वडा नं ६, बौद्धमा बस्दै आएका ५२ वर्षीय सानु बाबु तमाङले ती सामग्री बोकिरहेका थिए। विमानस्थल सुरक्षामा खटिएका प्रहरी कर्मचारीहरूले चेकजाँच गर्ने क्रममा बोधीचित्त माला ११० थान, बोधीचित्त दाना १५ किलो बरामत गरिएको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ ।


उक्त सामग्री कुनै आधिकारिक कागजात र बिलबिना पाइएकाले आवश्यक कानुनी कारबाहीका लागि व्यक्तिसहित बरामद वस्तुहरू डिभिजन वन कार्यालय, झापा पठाइएको प्रहरीले जनाएको छ।

बोधीचित्तको व्यापार तथा निकासी सम्बन्धी कानुनी व्यवस्थाको उल्लङ्घन हुन सक्ने भन्दै सम्बन्धित निकायले थप अनुसन्धान अघि बढाएको छ। हाल घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जनाएको छ।


यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1





































Views: 288