




झापा – झापामा चालू आवको फागुनसम्म क्षयरोगका ७ सय जना नयाँ विरामी भेटिएका छन्।

स्वास्थ्य कार्यालय झापाका क्षयरोग फोकल पर्सन वीरेन्द्र दासका अनुसार उक्त अवधिमा २५ जना विरामीको मृत्यु भएको छ। कार्यालयका अनुसार गत आवमा क्षयरोगबाट ४८ जनाको मृत्यु भएको थियो।

कार्यालयका अनुसार ४७१ जनाको फोक्सोमा क्षयरोग देखिएको छ भने फोक्सोबाहेकमा १६२ जना, टिबी र एचआईभी दुवै भएका ८ जना, औषधि प्रतिरोधी क्षयरोगी ९डीआरटीबी० १६ जना छन्।


झापामा आव ०७७र७८ मा ९९२, आव ०७८र७९ मा १ हजार १८६ र आव ०७९र८० मा १ हजार १६५ र आव ०८०र८१ मा १ हजार २६५ नयाँ क्षयरोगी फेला परेका थिए।
स्वास्थ्य कार्यालय झापासँगै १५ वटा स्थानीय तहअन्तर्गतका ७९ वटा स्वास्थ्य संस्थामा क्षयरोगको निःशुल्क उपचार, निःशुल्क खकार परीक्षणका लागि २२ वटा माइक्रोस्कोपिक केन्द्र, तीन वटा जिनएक्स्पर्ट केन्द्र र डीआरटीबीको विरामीका उपचारका लागि ४ वटा सब(डीआर सेन्टरको व्यवस्था छ।
औषधि सेवनको अवधि पूरा गर्ने विपन्न वर्गका बिरामीलाई प्रोत्साहन मासिक ५०० रुपैयाँ दिने गरिएको छ। सङ्घीय कार्यक्रमअन्तर्गत झापाका ३ वटा पालिका शिवसताक्षी, बिर्तामोड र मेचीनगर नगरपालिकामा क्षयरोगमुक्त अभियान समेत सञ्चालित छ।
‘हो हामी क्षयरोग अन्त्य गर्न सक्छौँ। लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चितता आजको आवश्यकता’ भन्ने नाराका साथ आज देशभर विश्व क्षयरोग दिवस मनाइँदै छ। सन् २०५० सम्ममा क्षयरोगमुक्त नेपाल घोषणा गर्ने सरकारी लक्ष्य छ।
के हो क्षयरोग?
क्षयरोग माइक्रोब्याक्टेरियम ट्युबरक्लोसिस नामक जीवाणुको सङ्क्रमणका कारण हुने सङ्क्रमणजन्य सरुवा रोग हो। क्षयरोग श्वासप्रश्वासको माध्यमबाट सर्छ।क्षयरोगीले खोक्दा, हाछ्युँ गर्दा कीटाणु निरोगी मानिस सम्पर्कमा आएमा रोग सर्ने जोखिम हुन्छ।
कुपोषण भएका, धुम्रपान तथा सूर्तीजन्य पदार्थको सेवन, मधुमेहका विरामी, मद्यपान गर्ने मानिस, एचआईभी सङ्क्रमित, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरुमा क्षयरोगको उच्च जोखिम रहन्छ।