




काठमाडौं – सुदूरपश्चिम र कर्णाली प्रदेशबाहेक देशका अन्य भूभागमा शुक्रबार मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।


अघिल्ला दिनका तुलनामा भने कमै बदली र वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकाका केही ठाउँमा पनि दिउँसो हल्का वर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिए।

बुधवारदेखि देशका धेरै ठाउँमा वर्षा हुँदा वायुको गुणस्तरमा सुधार आएको छ। शनिबारदेखि वर्षा हट्ने महाशाखाको अनुमान छ।







































Views: 70