Aamsanchar

मोरङमा भिरबाट लडेर एक युवाको मृ*त्यु

Author Image
आइतवार, चैत ३१, २०८१

विराटनगर – मोरङको लेटाङ नगरपालिका–१ मा भिरबाट लडेर शनिबार साँझ एक जना युवकको मृत्यु भएको छ।

बाँस काट्ने क्रममा लडेर लेटाङ नगरपालिका–१ का ३३ वर्षीय सन्तोष लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ। आफ्नै बाँसघारीमा बाँस काट्ने क्रममा लिम्बू शनिबार अपरान्ह ४:३० बजेतिर भीरबाट करिब ३० मिटर तल खसेका थिए।

गम्भीर घाइते भएका उनलाई आफन्तले उद्धार गरेर उपचारका लागि लेटाङकै बिरण अस्पताल पुर्‍याउनसाथ साँझ ६:३० बजेतिर चिकित्सकले मृत घोषित गरिदिएका हुन्।

शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय लेटाङका इन्स्पेक्टर राकेश रेग्मी नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान सुरु गरेको छ।

Views: 96

प्रतिक्रिया (०)