




काठमाडौं – हङकङमा जारी चार देशीय टी-२० आई श्रृङ्खलाको उपाधिका लागि नेपालले आज कुवेतसँग खेल्दैछ।


अङ्क तालिकाको शीर्ष स्थानमा रहेको नेपालले दोस्रो स्थानमा रहेको कुवेतसँग फाइनल खेल्नेछ।

फाइनल खेल नेपाली समय अनुसार ११स्१५ मा सुरु हुनेछ।


नेपालले पहिलो खेलमा कतारलाई ८ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा नेपालले कुवेतलाई ६ विकेटले हराउँदा तेस्रो खेल नतिजाविहीन बनेको थियो।
नेपाल र हङकङको खेल वर्षाका कारण नतिजाविहीन हुँदा दुवै टिमले अङ्क बाँडेका थिए। नेपालले तीन खेलबाट ५ अङ्क जोडेको छ।
कुवेतले भने ३ खेलमा २ जित र १ हारसहित ४ अङ्क जोडेको छ। हाल तेस्रो स्थानका लागि हङकङ र कतारबीच खेल भइरहेको छ।





































Views: 113