Aamsanchar

सुनको मूल्य फेरि बढ्यो

Author Image
आइतवार, चैत ३१, २०८१

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ।

आइतबार सुनको मूल्य हालसम्मकै उच्चबिन्दुमा पुगेर कारोबार भइरहेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १ लाख ८६ हजार रुपैयाँ कायम भएको छ।

अघिल्लो कारोबारमा शुक्रबार सुनको मूल्य तोलामा १ लाख ८५ हजार रुपैयाँ कायम थियो।

अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य वृद्धि भइरहेकाले स्थानीय बजारमा पनि त्यसको प्रभाव देखिएको हो।

महासंघका अनुसार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार तोलामा १ हजार ९०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्य
आइतवार, वैशाख ७, २०८२
सुनको भाउ आज
शुक्रवार, वैशाख ५, २०८२