Aamsanchar

भेट्रान रोड रेस प्रतियोगिता मेचीनगरमा सम्पन्न, रामेछापका होमलाल श्रेष्ठ प्रथम

Author Image
सोमवार, वैशाख १, २०८२

मेचीनगर | समाजसेवी विमला तामाङको ४१औँ जन्मदिनको अवसरमा झापाको मेचीनगरमा भेट्रान रोड रेस प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। काँकडभिट्टा भेट्रान फुटबल क्लबको आयोजनामा सम्पन्न उक्त दौड प्रतियोगितामा ४० वर्षभन्दा माथिका ४७ जना धावकहरूले सहभागिता जनाएका थिए।

मेचीनगर–७ स्थित सत्तिघट्टाबाट सुरु भएको दौड करिब ४ किलोमिटर दूरी पार गर्दै काँकडभिट्टा खेलमैदानमा पुगेर सम्पन्न भएको थियो। कार्यक्रमको उद्घाटन प्रदेश सभा सदस्य तथा प्रमुख सचेतक  गोपाल तामाङले रिबन काटेर गरेका थिए ।

प्रतियोगितामा रामेछापका होमलाल श्रेष्ठले सबैलाई पछि पार्दै प्रथम स्थान हासिल गरे । उनले  नगद ३० हजार रुपैयाँ, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।  काठमाडौंका धर्म महर्जन दोस्रो हुँदै २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्दा रैवत बहादुर दाहाल तेस्रो स्थान हासिल गरे र उनले १० हजार रुपैयाँ सहित सम्मानित भए ।

त्यसैगरी उत्कृष्ट प्रदर्शन गरेका ७ जना धावकहरूलाई सान्त्वना पुरस्कारस्वरूप जनही १ हजार रुपैयाँ प्रदान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमको व्यवस्थापन समाजसेवी विमला तामाङ र सजित तामाङको सक्रिय संयोजनमा सम्पन्न भएको हो। रोड रेसका संयोजक राजु पौडेलका अनुसार विजेताहरूलाई नगद, मेडल र प्रमाणपत्र प्रदान गर्दै कार्यक्रमलाई सम्मानजनक बनाइएको थियो।

तामाङ परिवारले विगत कोरोना महामारीका दिनदेखि नै सामाजिक कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। विपन्न परिवारहरूका लागि स्वास्थ्य, राहत तथा अन्य सेवामा निरन्तर योगदान दिँदै आएको तामाङ परिवारले समाजसेवाको क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै आएको छ।

Views: 54

प्रतिक्रिया (०)

सम्बन्धित खबर