Aamsanchar

हिमालदेखि महासागरसम्मको सोच हुन जरुरी : प्रधानमन्त्री

Author Image
शुक्रवार, जेठ ३, २०८२

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालदेखि महासागरसम्मको सोच हुन जरुरी रहेको बताउनुभएको छ ।

आजदेखि काठमाण्डौमा शुरू भएको सगरमाथा संवादको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हिमालहरू विश्वका विभिन्न वार्ताहरुमा उपेक्षित हुने गरेको भन्दै हिमाललाई नबिर्सिन विश्वसँग खबरदारी गर्नुभयो ।

उहाँले हिमालले नै जलवायु सन्तुलन राख्ने र पानीको भण्डारण गर्ने बताउनुभयो । त्यस्तै जीवन र विश्व बचाउन शाहसी र एकीकृत दृष्टिकोण चाहिएको बताउँदै उहाँले हिमालहरू उपयुक्त सम्मानका हकदार रहेको पनि बताउनुभयो ।

स्वच्छ ऊर्जामा लगानी बढाउनुपर्ने, जलवायु–उत्थानशील बालीहरू बढाउनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड रहेको थियो । उहाँले जोखिम मूल्याङ्कन बलियो बनाउन विश्वका नेताहरूसँग आह्वान गर्नुभयो ।

Views: 111

प्रतिक्रिया (०)

सम्बन्धित खबर