Aamsanchar

झापाको डाँगीबारीमा एक पुरुष मृत अवस्थामा फेला

Author Image
मङ्गलवार, जेठ ७, २०८२


झापा –झापा जिल्लाको भद्रपुर नगरपालिका–१० स्थित डाँगीबारीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। स्थानीय निगे राई (उमेर करिब ६०–६५ वर्ष), आज बिहान सोही क्षेत्रको भित्री सडक खण्डमा रहेको कल्भर्टबाट अन्दाजी ८–१० फिट तल लडेको अवस्थामा घोप्टो परी मृत फेला परेको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, मृतक राई बिहान करिब ८:०० बजे घरबाट निस्किएका थिए। प्रारम्भिक अनुसन्धानअनुसार उनी मादक पदार्थ सेवन गर्ने व्यक्तिका रूपमा चिनिँदै आएका थिए।
घटनाको जानकारी पाएपछि प्रहरी निरीक्षक विजय चौहानको कमाण्डमा विशेष SOCO टोली घटनास्थलमा खटिएको थियो। आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्मार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ।
प्रहरीका अनुसार घटनाको विस्तृत अनुसन्धान भइरहेको छ।

Views: 177

प्रतिक्रिया (०)