Aamsanchar

लामिछानेले दायर गरेको रिटमाथि सुनुवाइ जारी, कहिले आउँछ आदेश ?

Author Image
बिहिवार, जेठ ९, २०८२

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनु्वाइ जारी छ। न्यायाधीश डा.नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ जारी छ। मंगलबार हेर्दाहेर्दैमा रहेको उक्त रिटमाथि बुधबार सुनुवाइ भएन।

 

उक्त रिटसँगै पूर्वडीआईजी छविलाल जोशीविरुद्धको रिटमाथि सुनुवाइ भइरहेको हो। दुवै पक्षको बहस सकिए आजै आदेश आउने सम्भावना छ।लामिछानेको तर्फबाट उनकी श्रीमति निकिता पौडेलले गैरकानुनी रुपमा आफ्ना श्रीमानलाई थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी हुन्। सहकारी ठगी मुद्दामा लामिछाने हाल भैरहवा कारागारमा छन्।

 

Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर